हेटौंडा/न्यूरोड टिम एनआरटी मकवानपुर गोल्डकप फुटबलको फाइनलमा पुगेको छ।
हेटौंडा–६, स्थित गौरीटार रंगशालामा बुधबारको प्रतिस्पर्धामा टाइब्रेकर र सडेन डेथमा गरी खेलाडीले ३८ पटक गोलका लागि प्रयास गरे । रोमाञ्चक तथा नाटकीय खेलमा एनआरटीले राजारानीलाई सडेन डेथमा १७–१६ ले मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनलमा न्यूरोड टिम (एनआरटी) ले राजारानी क्लब धनकुटालाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको छ।
निर्धारित समयमा गोलरहित खेलपछि भएको टाइब्रेकरमा पनि १२ औं प्रहारमा एनआरटी विजयी भएको हो।
सडनडेथको १२औं प्रहारमा मोहित गुरुङले एनआरटीलाई फाइनलमा पुर्याए।खेलमा एनआरटीका गोलरक्षक प्रिसोले म्यान अफ द म्याच हात पारेको छ ।
मकवानपुर गोल्डकप विजेताले १५ लाख, उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ।साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नेछन्।
भोलि २५ गते बिहीबार दोस्रो सेमिफाइनल खेल बागमती युवा क्लब सर्लाही र विभागीय टोली एपीएफ बीच हुनेछ ।







