हेटौंडाका उदिम पन्तले लेखन गरेको ‘प्रारम्भिक संस्कृत व्याकरण’ शीर्षकको किताब हेटौंडामा सार्वजनिक भएको छ।
यो किताब प्रारम्भिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुका लागि उपयोगी हुने लेखकको दाबी छ।
वेदको मुख नै व्याकरण हो भन्दै डा.अग्निहोत्री सीताराम खनालले बधाई दिएका छन्। उनले संस्कृत अधिकांश भाषाको जननी हो, यसको अध्ययन आवश्यक रहेको बताए।साथै,संस्कृत हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
किताब विमोचनमा बोल्दै विज्ञहरूले संस्कृत अध्ययनको महत्वबारे जोड दिएका थिए। सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत अध्येता साहित्यकार हयग्रीव आचार्यले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए । उनले संस्कृत व्याकरण अध्ययन गरेर सबैले ज्ञान लिनु जरुरी भएको बताए ।
संस्कृत विश्वका अधिकांश भाषाको जननी भएकाले यसको अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ।नेपालीहरूले पनि संस्कृत अध्ययनमा ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ