मकवानपुर/मकवानपुरका विभिन्न क्षेत्रमा अहिले वर्षा र हिमपात भइरहेको छ।
Advertisement
मकवानपुरको उत्तरी क्षेत्र अन्तर्गत थाहा नगरपालिकाको सिमभञ्ज्याङ क्षेत्रमा पानीसँगै हिमपात पनि भइरहेको छ। समुन्द्री सतहबाट २४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ आसपासमा केही बेरअघिबाट हिमपात सुरु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापामगरले बताए।
अर्कोतर्फ, जिल्लाको भीमफेदी गाउँपालिकामा पनि असिनापानी परेको छ। भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सामाजिक सञ्जालमा भिडियोसहित जानकारी गराउँदै गाउँपालिकाको वडा नम्बर ८ को उच्च भूभाग र मकवानपुरगढी गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पनि हिउँ र असिना परेको बताए।
हिउँदे वर्षा नहुँदा चिन्तित किसान फागुन महिनाको मध्यतिरबाट भएको वर्षासँगै खुसी भएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







