हेटौंडा/साहित्य सङ्गम मकवानपुरका संस्थापकहरूमध्येका एक केशव श्रेष्ठ ‘ज्योति’द्वारा स्थापित साहित्य सङ्गम मकवानपुरले वर्ष २०७९ मा प्रकाशित उत्कृष्ट निबन्ध सङ्ग्रहलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
संस्थाका अध्यक्ष डीबी बर्तौलाका अनुसार सर्वोत्कृष्ट कृति छनौटका लागि वर्ष २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशित मौलिक निबन्ध सङ्ग्रहहरू पुरस्कार छनौट समितिमा पेश गर्नुपर्नेछ। यस्ता कृतिले अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्नेछ।
उक्त पुरस्कार प्राप्त गर्न चाहने निबन्धकारहरूले यही चैत्र २० गतेभित्र पुस्तक, श्रेष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर र प्रकाशित मितिसमेत समावेश गरी छनौट समितिमा बुझाउनुपर्ने बर्तौलाले बताए। मकवानपुरमा साहित्य क्षेत्रको विकासका लागि यस्तो पुरस्कारले प्रोत्साहन मिल्ने विश्वास लिइएको साहित्य संगमका सचिव मनोज पोखरेलले बताए।