हेटौंडा/बागमती प्रदेश सभाको आजको बैठक केवल १० मिनेट बसेर स्थगित भएको छ।
Advertisement
मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको थियो। करिब साढे ४ बजे सुरु भएको बैठक १० मिनेटपछि सभामुख भुवनकुमार पाठकले स्थगित गर्नुभएको हो।
बैठकमा प्रदेश बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो। समिति संयोजक गोविन्द लम्सालले प्रतिवेदन पेस गरेका थिए। यस प्रतिवेदनमाथि अब छलफल हुनेछ र पारित भए अनुसार प्रदेश सरकारलाई निर्देशन दिइनेछ।
बैठकमा प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाउने प्रस्ताव पारित भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नै सो प्रस्ताव पेस गर्नुभएको थियो।
प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्नेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







