हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक विकास समितिले नयाँ वर्ष २०८१ लगायतका अवसरमा स्मारकमा नयाँ बत्ती जडान र थप सौन्दर्यीकरण गरेको छ। समितिले अब स्मारक परिसर बिहान ६ बजेदेखि रातिसम्म १० बजेसम्म खुला राख्ने निर्णय गरेको हो।
यसअघि बिदा तथा पर्यटक चापको समयमा स्मारक साँझ ६–७ बजेसम्म मात्रै खुला हुने गरेकोमा अब नयाँ वर्षदेखि निरन्तर रातिसम्म १० बजेसम्म सञ्चालन हुनेछ।

Zip cycle
Advertisement
सजावट र संरचना निर्माणपछि स्मारक मनमोहक बनेको भन्दै समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले पर्यटकहरूको मागलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताए।
नयाँ वर्षको अवसरमा सहिद स्मारकमा ठुलो भिड लागेको छ र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने क्रम जारी रहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








