हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा आगामी वैशाख १९ गतेदेखि ३० गतेसम्म स्थानीय कृषि उत्पादन तथा सांस्कृतिक प्रवर्द्धन मेला हुने भएको छ।
आज पत्रकार सम्मेलनगरि नागस्वती युथ क्लबको आयोजनामा हुने यस मेलामा स्थानीय कृषि उत्पादनको प्रदर्शनी र विभिन्न सांस्कृतिक कार्यक्रम
आयोजना हुने जानकारी गराएका छन्।
मेलामा स्थानीय कृषकले उत्पादन गरेका बस्तुहरु प्रदर्शित हुनेछन्। यसैगरी राष्ट्रिय स्तरका कलाकार प्रताप दास, प्रिती आलेमगर, रचना रिमाल, ज्योति मगर, सिताराम कट्टेल र कुञ्जना घिमिरेको प्रस्तुति रहने क्लबका अध्यक्ष अमर गुरुङले बताए। 
उनका अनुसार यस १२ दिने मेलामा ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। मेलामा १५ वटा होटल खानाका स्टल र ५० वटा व्यापारिक स्टल रहनेछन्। दर्शकलाई पहिलो दिन निशुल्क प्रवेश दिइनेछ भने अरू १२ दिनसम्म १०० रुपैयाँ टिकट शुल्क लाग्ने आयोजकले बताए। । आयोजकले १ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरेका छन्।







