हेटौडा/ विराग सङगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले एउटै मन्चमा ११ जनालाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले पत्रकार सम्मेलन गर्दै यसको जानकारी गाउनुभएको हो।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा गर्न लागिएको कार्यक्रममा बिभिन्न बिधाका ११ जनालाई पुरस्कृत गरिनेछ। चार जनालाई २५ हजार रुपैयाँका दरले र अन्य सातजनालाई फरक फरक पुरस्कार रासीका साथ सम्मानित गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो। कार्यक्रम आगामी वैशाख २२ गते हेटौंडामा साहित्यीक कार्यक्रम गरेर पुरस्कृत गरिनेछ।
प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको छ। यस वर्ष भीम विराग राष्ट्रिय साहित्य, संगीत, कला र पत्रकारिता पुरस्कारका लागि प्रत्येकलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यसैगरी, तुलसीमाया-शिवकुमारी सुजनशील नारी पुरस्कार, भीम-मथुरा बाल प्रतिभा पुरस्कार, शिला नारी पुरस्कार, रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार, चिनुकुमारी तामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार र अजित सेनगुप्ता भित्रक्षमता पुरस्कारका लागि पनि छुट्टाछुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ।







