हेटौंडा – राष्ट्रिय सौन्दर्यकर्मी युनियन मकवानपुर नगर कमिटीको आयोजनामा शनिबार हेटौंडामा एक दिवसीय विशेष मेकअप तालिम सम्पन्न भएको छ।
न्यु लुक ब्युटी फर लाइफ, लभवार्मथ मेकअप कल्चर र टच एण्ड ग्लो मेकअप स्टुडियोको संयुक्त आयोजनामा भएको यस तालिममा वाटरप्रूफ मेकअप र नवीनतम उत्पादहरूबारे जानकारी तथा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमकी सभाध्यक्ष तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन मकवानपुर नगर कमिटीकी अध्यक्ष करुणा अधिकारीले यस तालिमले सहभागीहरूलाई नवीनतम मेकअप प्रविधि र उत्पादहरूबारे महत्त्वपूर्ण ज्ञान प्रदान गरेको बताइन्।
अधिकारी ११ वर्षदेखि यस क्षेत्रमा सक्रिय छिन् र विभिन्न संस्थाहरूमा ब्युटिसियन तालिम प्रशिक्षकको रूपमा काम गरेकी छिन्। उनी एक ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सफल सञ्चालिका पनि हुन्
आफ्नो सफलताको श्रेय दिँदै अधिकारीले भनिन्, “मेरो सासुआमा सर्मिला गुरागाई, श्रीमान् नरहरी गुरागाई लगायत मेरा आफन्तहरूको सहयोग र समर्थनले नै म यहाँसम्म आइपुगेकी हुँ।”
यस कार्यक्रमले स्थानीय ब्युटी उद्योगको विकासमा योगदान पुर्याउने र सहभागीहरूको सीप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। अधिकारीले थप भनिन्, “यस्ता कार्यक्रमले ब्युटी उद्योगमा थप प्रगति र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ भन्ने मलाई विश्वास छ।”
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विद पुरन बहादुर जोशि रहेका थिए भने अथितिहरुमा वरिष्ठ ब्युटीसिएन अस्मिता श्रेष्ठ ,तारा कार्कि, रिज्जु गौतम, माया राना, सजिता केशि ,पुजा बस्नेत लामा, उर्मिला अधिकारी ,सङिता श्रेष्ठ , ,नानु गुरुङ , तिला पाण्डे लगाएत उपस्थिति रहेको थियो।
होटल सामनामा आयोजित यस कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो।