राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको मकवानपुर जिल्ला कमिटी पुनर्गठन गरिएको छ।
आज शनिबार हेटौंडास्थित टच एण्ड ग्लो ब्युटीपार्लरमा आयोजित भेला कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो।
कार्यक्रमकी संयोजक सजिता के.सी. र प्रमुख अतिथि सुजना जोशीको उपस्थितिमा सम्पन्न भेलाले निम्न पदाधिकारीहरू चयन गरेको छ ।भेलाले करुणा अधिकारीको नेतृत्व लाई अगाडि बढाएको छ। त्यस्तै उपाध्यक्षमा सुधा पराजुली, सचिव नानु श्रेष्ठ, सहसचिव तिला पाण्डे कोषाध्यक्ष उर्मिला अधिकारी चयन भएका छन्।
कार्यक्रममा स्थानीय सौन्दर्य व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूमा रोशी सुवेदी, मिना पौडेल, रेनुका भण्डारी, सान मिश्र पोखरेल, सुनिता के.सी., पूजा बस्नेत लामा र समिता मुडभरी लगायत रहेका थिए।
नवगठित कमिटी का अध्यक्ष अधिकारीले मकवानपुरका सौन्दर्यकर्मीहरूको हक, हित र अधिकारका लागि काम गर्ने बताएकी छिन्। यस पुनर्गठनले क्षेत्रीय सौन्दर्य व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।