बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा दर समायोजन गरिएको छ । वृद्धिसँगै प्रदेश सरकारले हिजो शनिबार बाट लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीका साधन र मालवाहक सवारीका साधनको भाडा दर समायोजन गर्दै वृद्धि गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिसँगै सार्वजनिक भाडादरमा वृद्धि गरेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको थियो ।
मन्त्रालयको श्रम, रोजगार तथा यातायातका प्रमुख प्रविण श्रेष्ठले शनिबारबाट लागू हुने गरी उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा दर १७.३५ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
यसअघि साढे दुई वर्षअघि उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको ५.३१ प्रतिशतले सवारी भाडादर वृद्धि गरिएको थियो ।
उहाँका अनुसार उपत्यकाभित्र चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा दर २५.९६ प्रतिशतले वृद्धि गरी समायोजन गरिएको छ ।
प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा निर्धारण÷समायोजन गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा शुक्रबार भएको वृद्धिका आधारमा सार्वजनिक सवारी भाडादरमा वृद्धि गरिएको उहाँको भनाई थियो ।
पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा दर १२.३९ प्रतिशत र मालबाहक सवारी साधनको भाडादर प्रतिकिमि प्रति टन २६.७९ प्रतिशतले वृद्धि भएको छ ।
यसअघि प्रतिकिमि प्रति टन १४।८० रुपियाँ रहेकोमा भाडा दरमा २६.७९ प्रतिशतले वृद्धिपछि १८।७६ प्रतिकिमि प्रति टन हुने गरी समायोजन गरिएको थियो ।
काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीका साधनको भाडा किमिअनुसार पाँच रुपियाँदेखि १० रुपियाँसम्म वृद्धि भएको छ ।
यस्तै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीको सुरुको फ्याग डाउनको मूल्य ५२ रुपियाँबाट वृद्धि गरी ५८ रुपियाँ पु¥याइएको छ ।
विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबाक सवारी साधनको हकमा २०७९ वैशाख १ गते लागू गरिएको भाडादर यथावत रहेको महाशाखा प्रमुख श्रेष्ठले बताए ।







