हेटौँडाको गौरिटार रङ्गशालामा निर्माण सम्पन्न क्रिकेट मैदानको आइतबार उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको आधुनिक खेलकुद केन्द्रका रूपमा विकास गरिने बताएका छन्।
उनले रङ्गशालाको उद्घाटन गर्दै बागमती प्रदेशले पहिलो पटक आफ्नै क्रिकेट मैदान पाएको छ यसको संरक्षण अब प्रदेशले गर्नेछ।
मुख्यमन्त्री बानियाँले आगामी बजेटमार्फत आवश्यक स्रोत व्यवस्थापन गरी क्रिकेट मैदानसँगै प्यारापिट, हेल्थ डेक्स, सिन्थेटिक ट्र्याक लगायतका पूर्वाधार निर्माणलाई तीव्रता दिइने जानकारी दिए। उनले गौरिटार रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै यसलाई बहुउद्देश्यीय खेलकुद केन्द्र बनाइने बताए।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ का सचिव पारस खड्का ले गौरिटार क्रिकेट मैदान बागमती प्रदेशको क्रिकेट विकासको केन्द्र बन्ने विश्वास व्यक्त गरे। उनले सुविधासम्पन्न मैदानको उपलब्धताले प्रदेशमा थप प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए। साथै चलायमान हुनलाई यस मैदानको बढी प्रयोग गर्न आवश्यक रहेको बताए।









