पशु सेवा कार्यालय मकवानपुर र मनहरी गाउँपालिका को संयुक्त आयोजनामा मनहरी खोलामा करिब ९२ हजार माछाका भुरा छोडिएका छन्।
कार्यक्रममा पशुसेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले नदी तथा खोलामा माछाका भुरा छोड्ने अभियानले जलचर संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा स्थानीय स्तरमा माछा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
Advertisement
माछा उत्पादन तथा जलस्रोत संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव सुधीर श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा किसानहरूको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







