बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्य विभाजन गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्य विभाजन गरेका हुन्।
कार्य विभाजनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्नेछन्।
कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेललाई, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय शिवराज अधिकारीलाई, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चन चन्द्र वादेलाई, भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटालाई, आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तमाङलाई, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय कृष्ण कुमार तामाङलाई तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठलाई तोकिएको छ।
यस्तै, किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर के.सी., सुरेश श्रेष्ठ, जयराम थापा तथा बिनु रायमाझी पौडेललाई हालका लागि बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।








