हेटौँडा/फरेस्ट्रीका विद्यार्थी तथा अन्य उपभोक्ताको गुनासोपछि हेटौँडा–४ स्थित नारायणी खाजा घरमा जिल्ला प्रशासन,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरेको छ।
अनुगमनका क्रममा खाजा घर दर्ता नभएको, सञ्चालकको विवरण स्पष्ट नभएको तथा अन्य व्यक्तिको नाममा होटल सञ्चालन गरिएको पाइएको जनाइएको छ। कार्यालयले २५ हजार रुपैयाँ जरिवानासहित खाद्य स्वच्छता र गुणस्तर सुधार गर्न निर्देशन दिएको छ।
Advertisement
अनुगमनमा सरसफाइमा कमी, पत्रपत्रिका तथा प्रिन्ट गरिएको कागजमा खाद्य पदार्थ प्याकिङ, प्रयोग गरिएको तेलको TPM Value ३४.५ प्रतिशत तथा खाद्य पदार्थमा रङको प्रयोगलगायतका कैफियत भेटिएको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








