हेटौँडा/सडक बालबालिकाको उद्धार तथा व्यवस्थापनमा क्रियाशील मामाघर नेपाल, मकवानपुरलाई लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार–२०८३ प्रदान गरिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ६४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा मामाघर नेपाललाई नगद एक लाख रुपैयाँसहित ताम्रपत्र प्रदान गर्दै सम्मान गरेको हो।
Advertisement
मामाघर नेपालले विगत १५ वर्षदेखि सडक बालबालिकाको आपत्कालीन उद्धार, परामर्श, आवासीय सुविधा, औपचारिक शिक्षा, जीवनोपयोगी सीप विकास तथा पारिवारिक पुनर्स्थापनालगायतका क्षेत्रमा काम गर्दै आएको छ।
बालबालिकाको संरक्षण र पुनर्स्थापनामा संस्थाले पुर्याउँदै आएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








