काठमाडौं । उद्योगी व्यवसायको चर्काे विरोधपछि नेपाल राष्ट्र बैंकले तीन महिनामै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । बुधबार राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयनमा सहज बनाउन भन्दै संशोधन गरेको हो
गत कात्तिक १ गतेदेखि लागू भएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का कारण व्यवसाय संकटमा परेको भन्दै निजी क्षेत्रले यसलाई स्थगित गर्न दबाब दिँदै आएका थिए ।
वार्ता र सडक आन्दोलनलाई सँगै लिएका उद्योगी व्यवसायीले नयाँ सरकार गठन भएपछि थप दबाब सिर्जना गरेका थिए ।
सरकारले पुस मसान्तसम्म उद्योगी व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता गरेअनुरूप बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छदफल गर्नुभएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।