हेटौंडा । हेटौंडामा नेपाल स्काउटको ७२ओैं स्थापना दिवस भव्यरुपमा मनाएको छ।
हेटौंडाकाे मुख्य चाेक बुद्ध चाेक देखि हुप्राचौरसम्म प्रभातफेरि कार्यक्रम गरि मनाईएकाे हाे ।

हेटौंडा नगरभित्रका १० स्कुलहरुले स्काउट ट्रुपमा सहभागी जनाएका थिए । सामाजिक स्वयंमसेवक कार्यमा अग्रस्थानमा लैजाने उद्देश्यकाे साथ स्काउट सबै पालिकामा क्रियाशिल अवस्थामा रहेकाे छ ।

नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक एंव बागमती प्रदेश सदस्य अशाेक सारु मगरले भने , स्काउटले बालवालिका र युवालाई असल सुयाेग्य र चरित्रवान नागरिक बनाउदै देशमा आईपर्ने मानव श्रृजित प्राकृतिक प्रकाेपकाे बेलामा उद्दार खाेजमा विपत दस्ताका् रुपमा खटिई रहने बताए । सामाजिक मेलिमालप र शान्ति कायम राख्दै सन् २०३२ मा ७ लाख पुर्याउने उद्देशयका साथ स्काउट अघि बढि रहेकाे उनले बताए ।
साथै बागमती प्रदेश स्तरीय स्काउट पुरुष महिला काे एड्भान्स तालिम यहि असार ७ गतेबाट स्थापना दिवसकाे अवसर पारी सुरु गरिने भएकाे छ ।
कार्यक्रममा बागमती प्रदेश सदस्य अशाेक सारु मगर , महेन्द्र राना मगर, कार्यलय प्रमुख शाेभा लामिछाने, सहायक प्रमुख शाैरभ अधिकारी ,हेटाैडा उपमहानगरपालिकाकाे स्थानीय स्काउट वृद्धि संयाेजक अनिल आचार्य , सदस्य नन्दलाल दास , भिमफेदि गाउँपालिका स्काउट स्थानीय समिति सदस्य भूपेन्द्र राना र ईशा पाख्रिन हेटाैंडा अस्पतालका स्काउटर डा .राम थापा, पेन्गाेलिन ओपन क्रयु, मनहरि र हेटौंडा ओपन क्यु लगाएतले सहभागीता जनाएका थिए ।








